एकै दिन ९१५ मा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुग्यो


१८ श्रावण २०७९, बुधबार
korona 1

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ५,४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७