जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण ८५० नेपाली जापान जाँदै


१८ श्रावण २०७९, बुधबार
shram rojgar tatha surakshya mantralaya1646876331

काठमाडौँ । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले चाँडै जापान जान पाउने भएका छन् । आज (बुधबार) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (एसएसडब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसअघि सन् २०१९ मार्चमा (एसएसडब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक कार्यसमिति बनेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् ।

त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ । उनीहरुबीच भोलि (साउन १९ गते) बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७