कैलालीमा विद्यार्थीको दुई समूहबीच विवाद हुँदा चक्कु प्रहार : दुई घाइते, दुई फरार


१८ श्रावण २०७९, बुधबार

कैलाली । कैलालीमा विद्यार्थीहरुको दुई समूहबीच विवाद हुँदा चक्कु प्रहार भएको छ । घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरू सुखडदेखि मसुरिया आउने क्रममा सार्वजनिक बसमा विवाद हुँदा चक्कु प्रहार भएपछि दुई जना घाइते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा– ८ बढैपुरका सागर सुनारलाई सार्वजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा –९ का सुनिल आउजी र गौरीगंगा–५ का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

घाइते सागर सुनारको घाँटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ । अर्का व्यक्ति विवाद मिलाउन खोज्दा घाइते भएका हुन् । बसमा सवार बर्दगोरीया–१ का जुद्ध साउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । चक्कु प्रहार गर्ने आउजी र भाट फरार छन् । दुवैलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७