क्याथे प्यासिफिकले असोज १५ देखि हङकङ–काठमाडौं उडान गर्ने


१८ श्रावण २०७९, बुधबार
Cathay Pacific

काठमाडौं : हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान गर्ने भएको छ। क्याथेले आगामी असोज १५ गते बाट सातामा एउटा उडान गर्ने तयारी गरेको छ। यसका लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिसकेको छ।

क्याथे प्यासिफिक एयरवेजकी नेपाल प्रमुख जुनु मलेकुका अनुसार नागरिक उड्डयन प्राधिकरणबाट साप्ताहिक एक उडानको अनुमति पाएको क्याथेले यात्रुको माग अनुसार उडान संख्या बृद्धि गर्ने छ ।

जुनु मालेकुकाअनुसार यो रुटमा ए३३०–३०० सिरिजको जहाजले उडान गर्नेछ।

०७६ चैत्रमा कोभिड संक्रमण सुरु भएसँगै नेपाल सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन गरेपछि क्याथेले यात्रु उडान बन्द गर्दै मेडिकल कार्गो सुरु गरेको थियो ।

उसले अहिले पनि काठमाडौंबाट सातामा एउटा कार्गो उडानबाट हस्तकला, गलैचा लगायत उत्पादन लैजाने गरेको छ भने हङकङबाट मेडिकल र इलेक्ट्रोनिक लगायत सामान ल्याउँदै आएको छ ।

क्याथेबाहेक नेपालबाट सातामा एक दिन राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमका अनुसार कोभिडका कारण नेपालबाट हङकङ जाने यात्रुले अहिले एक साता होटल क्वारेन्टाइनमै बस्नुपर्ने नियम अनिवार्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७