१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छनौट


१९ श्रावण २०७९, बिहीबार
nepali footbal u 17

काठमाडौँ । १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छानिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छानेको हो ।

एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि शुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् ।

list
x

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७