मन्त्रिपरिषद बैठक बस्दै, चुनावको मिति घोषणाकाे सम्भावना


१९ श्रावण २०७९, बिहीबार
deuba cabinate

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज (बिहीबार) दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् । ‘दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ ती मन्त्रीले भने, ‘सायद आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्छ ।’

यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन् । बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आम निर्वाचन गर्ने सहमति गरेको थियो । यसअघि निर्वाचन अयोगले ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो । आयोगले दिएको अनुसार नै चुनाव गर्ने सत्ता गठबन्धनको सहमति छ ।

गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो । तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो । तर दलहरूबीच संसद्को आयुलाई लिएर भने विवाद छ । डा. भीमार्जुन आचार्यसहितका केही संविधानविद्ले चुनाव घोषणासँगै संसदको आयु पनि सकिने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७