प्रधानन्यायाधीशविरुद्ध महाभियोग यही अधिवेशनबाट अघि बढ्छ : उपसभामुख भुसाल


१९ श्रावण २०७९, बिहीबार
Pushpa Bhusal 1 scaled

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन् ।

भुसालले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको पनि बताएकी छन् । उनले प्रतिनिधि सभाको आगामी बैठकमा महा अभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताइन् । उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन् ।

जबराबिरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम शुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन् । उनले संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महा अभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन् । उनले निलम्बित प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने बताइन् ।

उनले भनिन्, ‘संसद विघटनको कुनै सम्भावना छैन । संविधानले अहिलेको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन भएको छ । त्यसले विघटनको परिकल्पना गरेको छैन । किनभने यो नयाँ अभ्यासमा अघि बढीरहेको छ । यो भोलिको लागि नजिर बन्ने विषयवस्तु पनि हो । महाभियोगको जुन प्रस्ताव दर्ता भयो, यसलाई संसदबाट नै घनिभूत ढंगबाट छलफल गरेर सुझावसहित जानुपर्छ । महाअभियोग विशेष समिति पनि गठन भइसकेको अवस्था छ । समिति गठन भइसकेको कारणले निश्चय नै त्यो समितिले आफ्नो काम शुरु गर्नुभन्दा अगाडि नै संसदभित्र नै यो विषयलाई छलफलको विषय बनाउनु पर्छ ।’ उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र वहस भइरहेको बताइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७