ताइवान नजिकै चीनले गर्‍यो दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


१९ श्रावण २०७९, बिहीबार
china gCuzhwamrn

काठमाडौँ । चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा दुई डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ः५६ बजे क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको छ । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

यसअघि सन् १९९६ मा पनि बेइजिङ र ताइपेइबीच तनाव हुँदा चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेको थियो । विज्ञहरूले चीनले ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७