उच्च अंकले घट्यो शेयर बजार, ३ अर्ब ७६ करोडको कारोबार


१९ श्रावण २०७९, बिहीबार
share market गिरावट

काठमाडौ । शेयर बजार आज (बिहीवार) उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि विन्ध्यवासिनी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७