ओलीको आरोप : सत्ता गठबन्धन लुट्न मात्रै हो, निर्वाचन गराउन सक्दैन

‘देउवा सरकारले भ्रष्टाचारमा सबै रेकर्ड तोडिसक्यो’


१९ श्रावण २०७९, बिहीबार
KP Sharma Oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन लुटका लागि मात्र बनेको आरोप लगाएका छन् ।

परराष्ट्र मामिलामा क्रियाशील पत्रकारहरुसँग बिहीबार आयोजित अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पाँच दल मिल्नुलाई कृत्रिम गठबन्धन भन्दै यसको कुनै उद्धेश्य नभएको पनि बताए । ‘लुटका लागि बनेको गठबन्धन छु, उनले भने, ‘यो सरकारको कुनै उद्देश्य छैन । लुट मच्चाउन जुटेका छन् ।’

अध्यक्ष ओलीले आफूहरुको सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग भएको दावी गरे । ‘हाम्रो सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग हो । भ्रष्टाचारको सन्दर्भमा यो सरकारबारे केही भनिरहनु नै परेनु, उनले थपे, ‘लेखेर थुप्रै कुरा बाहिर आइसकेका छन् । भ्रष्टाचारको सवालमा त यो सरकारले सबै रेकर्ड तोडिसक्यो ।’


उनले गठबन्धन सरकारले जनतालाई पेलेर जान खोजेको बताएका छन् । यो सरकारले जनमतलाई पेलेर जाने नियत देखियो । बजेट बनाउँदा अनधिकृत व्यक्तिको प्रवेशमा प्रतिपक्ष को हो र भन्ने जनार्दन शर्मा जस्ता मन्त्री छन्’, उनले भने, ‘यो सरकार प्रमाणित रुपमा भ्रष्ट सरकार हो । यसले निर्वाचन गराउन सक्दैन। यो निष्पक्षता, स्वच्छता लागु गर्न नसक्ने सरकार हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७