पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध


२० श्रावण २०७९, शुक्रबार
mugling sadak

चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ ।

गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।

वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या रहेको स्थानीयले जानकारी दिएका छन् । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७