अमेरिका भन्छ-चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेका छौं


२० श्रावण २०७९, शुक्रबार
John Kirby USA1659638770
रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बी । तस्बिर स्राेत : द हिल ।

काठमाडौं । अमेरिकाले चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेको बताएको छ । रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले जापान नजिक चिनियाँ सैन्य अभ्यासलाई ‘धेरै नजिकबाट’ नियालिरहेको बताएका हुन् ।

बिहीबार एमएसएनबीसीसँगको एक अन्तरवार्तामा किर्बीले यो आफूहरूका लागि मात्र नभएर ताइवानका जनता र आफ्ना सहयोगीहरू विशेष गरी जापानका लागि सम्बन्धित रहेको बताए । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानमा भएको विवादस्पद भ्रमणपछि हालैका दिनहरूमा चीनले ताइवान नजिकै आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दैछ ।

पेलोसीको यात्रालाई लिएर चीनले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको किर्बीको भनाइ छ । उनले यस अभ्यासले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनले संकट उत्पन्न नगर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकको संगठन आसियान-अमेरिका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै ब्लिङ्केनले द्वन्द्वले चीनसहित कसैको पनि भलो नगर्ने बताए । आफूहरू ताइवान स्ट्रेटमा शान्ति र स्थायीत्वको पक्षमा रहेको भन्दै यथास्थितिलाई बलपूर्वक परिवर्तन गर्ने कुनै पनि एक पक्षीय प्रयासको विरोध गर्ने उनको भनाइ छ । द गार्डियनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७