लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ


२० श्रावण २०७९, शुक्रबार
drugs

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई (बिहीबार) पक्राउ गरेको हो ।

नौमूले गाउँपालिका-२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शङ्कास्पद अवस्थामा कोठामा बसिरहेका श्रीमान् श्रीमतीलाई जाँच गर्दा बुढाक्षेत्रीका साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । रासस

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७