मतदाता नामावली संकलन आजदेखि स्थगित


२० श्रावण २०७९, शुक्रबार
KrishnaNeupane Damauli RSS 19 Photokhichdaiphoto

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज (शुक्रबार) देखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुनेछ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औंठाछाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७