बालुवाटारमा सत्ता गठबन्धनको बैठक : सीट बाँडफाँड मिलाउन कार्यदल गठनको तयारी


२० श्रावण २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौं : मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । 

त्यसका लागि गठबन्धन दलका नेताहरु आज साढे ९ बजे बालुवाटारमा छलफलका लागि बस्न लागेका हुन् । आजको बैठकले

निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् । 

यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ति दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् । 

नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७