‘द भ्वाइस अफ नेपाल’ को ‘कोच’ मा राजेश पायल र प्रविशाको प्रवेश


२० श्रावण २०७९, शुक्रबार
the voice of nepal 2 6dhpZvOv9N

काठमाडौँ । गायन ‘रियालिटी शो द भ्वाइस अफ नेपाल’ को चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । आउँदो महिनादेखि प्रशारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ ।

चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ बाहिरिएका छन् । पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि चौथो सिजनमा अटाउन सकिनन् ।

गायक प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाएका छन् । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा रहेको आयोजकले जानकारी दिएको छ ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतियोगीले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । राजेश पायल र प्रविशाले चौथो सिजनमा कोचका रुपमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७