दुर्गा प्रसाईंको पहलमा दुबईमा अलपत्र जानकी थापामगरको उद्दार


२० श्रावण २०७९, शुक्रबार
durga prasai

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सडक दुर्घटनापछि अलपत्र परेकी जानकी थापामगरलाई काठमाडौं ल्याईंदैछ ।

मेडिकल व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंको पहलमा युएईमा घाइते महिलालाई नेपाल ल्याइने भएको हो ।

सडक दुर्घटनामा घाइते भएपछि कोमामा पुगेकी थिइन् । दुबईमा अलपत्र परेकी उनलाई काठमाडौं ल्याएर परिवारसँग मिलन गराइएको हो ।

प्रसाईँले यसअघि साउन ३ गते आफ्नै खर्चमा दुबईमा ज्यान गुमाएकी सुर्खेतकी २५ वर्षीया युवतीको शव नेपाल ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७