नेप्सेमा ३४.८५ अंकको गिरावट, दुई अर्ब ६२ करोड ६१ लाखको कारोबार


२० श्रावण २०७९, शुक्रबार
share market गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले अंकले घटेको छ ।
आज नेप्से ३४.८५ अंकले घटेर दुई हजार एक सय १३ दशमलब ३० विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७