एआईजी पोखरेलको राजीनामा अस्वीकृत, आजदेखि अवकाशमा


२० श्रावण २०७९, शुक्रबार
PRO KTM DIG BishwoRajPokharel20200425 B scaled

काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अवकाश पाएका छन् । पोखरेलले एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा

राजीनामा बुझाएका थिए ।
एआईजीको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । मन्त्रिपरिषदमा गृह मन्त्रालयले प्रस्ताव लैजानु पर्छ । तर उनको राजीनामा पत्र गृह मन्त्रालयमा पठाइएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७