एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र एकपक्षीय रुपमा सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय


२० श्रावण २०७९, शुक्रबार
Sewal Lamsal SPOKESPERSON Ministry of Foreign Affairs

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्द गरिएको पत्र अमेरिकालाई पठाइएको प्रति कुनै शंका नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले पत्र पठाइएकोबारे परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वयंले संसद्मा जानकारी गराइसकेको विषय भएकाले यस बारेमा कुनै शंका नगर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले आग्रह गरेको हो ।

आज (शुक्रबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कुटनीतिक पत्र एकतर्फीरूपले सार्वजनिक गर्न नहुने बताएकी छन् । संसदीय समितिमा अमेरिकालाई पठाइएको पत्र सार्वजनिक हुनुपर्ने बहस चलिरहेको बेला प्रवक्ता लम्सालले अन्तर्राष्ट्रिय कुटनीतिक मामिलाका विषयमा एकपक्षीय ढङ्गले पत्रहरू सार्वजनिक गर्न नमिल्ने बताइन् ।

बिहीबार संसदीय समितिले सरकारले एसपीपी रद्द गरेको भनिएको अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको थियो । संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७