माधव नेपालको कुनै गन्तव्य छैन, उहि ‘करबटे बदल्ते रहे सारे रात हम जस्तो’ : ओली

‘पाँच वर्ष यो गठबन्धनले देश चलाए ध्वस्त हुन्छ’


२० श्रावण २०७९, शुक्रबार
kp oli madhav

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूको कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् । सबै जना व्यक्तिगत स्वार्थका कारण गठबन्धनको नाममा एक ठाउँ भेला भएको बताउँदै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका छन् ।

आज (शुक्रबार) एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका छन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाएका ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेब । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जीन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले कटाक्ष गरे ।

उनले इतिहासमै अहिले जस्तो राज्य संयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्य सत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलबाड ?’ ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७