राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड नाफा, बन्यो नाफा आर्जनमा नम्बर एक बैंक


२० श्रावण २०७९, शुक्रबार
Rastriya banijya bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३७.३८ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको छ ।

अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको हो ।

निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो । पछिल्लो समय व्यवस्थापन टिममा अब्बल ब्यक्तिको प्रवेशसँगै बैंले ठूलो प्रगति गरेको हो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७