एकछिन मनोरञ्जन गर्नु एउटा कुरा, स्वतन्त्रहरुबाट विकास सम्भव छैन : ओली


२० श्रावण २०७९, शुक्रबार
KP Sharma Oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरुबाट देश विकास सम्भव नभएको दावी गरेका छन् ।

उनले आज (शुक्रबार) प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै स्वतन्त्रहरुबाट देशको योजनाबद्ध विकास, उन्नति र प्रगति सम्भव नभएको दावी गरेका हुन् ।

‘एक ठाँउको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो । तर एक ठाउँको एउटा स्वतन्त्र, अर्को ठाँउको अर्को स्वतन्त्र र छिटपुट स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति र प्रगति सम्भव हुन सक्छ?’, ओलीले प्रश्न गरे । उनले स्वतन्त्रहरुको आ-आफ्नो सोच हुने र ती सोचहरुबीच लडाइ हुने बताए ।

‘स्वतन्त्रहरुको सोच हुन्छ की हुँदैन ? झन बेग्लाबेग्लै सोचहरु आएर एउटै सोचमा कसरी जान्छन् ? तिनीहरुको आ-आफ्ना सोच होलान नि ! तिनका सोचहरु कसले मान्ने नि ? ती सोचहरुकै बीचमा लडाई होला नि ! यो हुने कुरै होइन । तर एउटा के चलन छ भने स्वतन्त्र भन्ने चलन छ । सम्भवै नहुने कुरा’, ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७