गरिमा विकास बैंकले संस्थापक शेयर विक्री गर्दै


२० श्रावण २०७९, शुक्रबार
Garima bikash bank 589582385 Epbg63ypqq

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बैंकको प्रधान कार्यलय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्ने जनाएको छ ।

बैंकले यस अधि नै विद्ययमान शेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको थियो । त्यसकारण कुनै संस्थापकबाट निवेदन नपरेपछि बैंकले अन्य व्यक्ति वा संस्थामा यो शेयर विक्री गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७