हैजा संक्रमितको संख्या ३८ पुग्यो


२० श्रावण २०७९, शुक्रबार
फाइल फोटो

काठमाडौं । गएको असार ५ गतेदेखि फैलिएको हैजा संक्रमण साउन २० गनेसम्म आइपुग्दा ३८ जनामा देखिएको छ । काठमाडौं महनगरपालिका-१९ ढल्कुमा बिहीबार थप एक जनामा पुष्टि भएसँगै हैजा संक्रमितको संख्या ३८ पुगेको छ । काठमाडौं उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित भेटिएका छन् । योसँगै यो वर्ष अहिलेसम्म हैजा संक्रमितको संख्या ३८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा ९, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बुढानिलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक-एक जनामा हैजा संक्रमण देखिएको हो ।

ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ । त्यसैगरी भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक एक जनामा हैजा देखिएको छ भने नुवाकोटको ककनी गाउँपालिकामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७