एमालेको ‘अघोषित’ बहिष्कारले बस्न सकेन धरानको कार्यपालिका बैठक


२० श्रावण २०७९, शुक्रबार
Harka Sampang

सुनसरी । नेकपा एमालेका जनप्रतिनिधिहरुको ‘अघोषित’ बहिष्कारका कारण धरान कार्यपालिकाको वैठक स्थगित भएको छ ।
एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका कारण वैठक स्थगित हुन पुगेको हो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतसँगको परिचयात्मक कार्यक्रम लगत्तै एमालेका कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक छोडेर हिँडेका थिए । वडा नं १५ का वडाअध्यक्ष तथा एमाले संसदीय दलका नेता नरेश इवारमले कारण नबताई बैठक स्थगित गर्न आग्रह गरेका थिए । मेयर हर्क साम्पाङले बैठक रोक्नुको कारण बताउन आग्रह गरे पनि कारण नबताई एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु बाहिरिए ।

एमालेले अघोषित रुमिा बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकाले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको हो ।
यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भट्टराईले मन्तव्य राखेका थिए । उनीहरुले बराह सहकारीसँगको घटना र सामाजिक सञ्जालमा भइरहेको सामाजिक सद्भाव भड्काउने गतिविधिहरुप्रति गम्भीर हुन सबै पक्षलाई आग्रह गरेका थिए । साथै उनीहरुले कारण नबताई बैठक बहिष्कार गरिएकोमा असन्तुष्टी पनि जनाएका थिए ।

मेयर साम्पाङले पनि बराह सहकारी र सामाजिक सञ्जालसँगको विषय कार्यपालिकासँग सम्बन्धित नभएको भन्दै महत्वपूणर् एजेण्डाहरु निणर्य नहुँदा जनताकै समस्या लम्बिने बताए । उनले आफूले बराह सहकारीका पीडितहरुलाई न्याय दिलाउने पक्षमा भएपनि केही व्यक्तिहरुले राजनीतिकरण गरेर न्याय नपाओस् भनेर विथोल्न खोजिरहेको बताए । साथै उनले आफू सामाजिक सद्भाव कायम गर्ने पक्षमा नै रहेको जिकिर गरे ।

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले किन बहिष्कार गरेको हो भन्ने बैठकमा जानकारी नदिनु दुःखद पक्ष भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७