जनताका दैनिक जीवनको समस्या र मुद्दा बोकेर हामी चाँडै सिंहदरबार पुग्छौ : लामिछाने


२० श्रावण २०७९, शुक्रबार
rabi

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा अझै बन्न नसकेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले नागरिकको दैनिक जीवनका समस्याहरु आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बबताए । उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषणा पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौं ।’

उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेण्डा बोकेर चाँडै सिंहदरबार पुग्ने दाबी गरे । ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौं ।’

अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको उनले अरोप लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७