थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते


२० श्रावण २०७९, शुक्रबार
death

काठमाडौँ । थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । आगालागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घाइते मध्ये नौ पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ । घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए ।

घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७