इथियोपियाका दुई करोडभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो


२० श्रावण २०७९, शुक्रबार
tigre 20220417123033

काठमाडौं । इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्टसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओचाले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो ।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा पनि दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन् ।

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ ।य हाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ ।

केही वर्षदेखि यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ । त्यस्तै खडेरी आदिका कारण पनि यहाँ खेती उब्जनीमा समस्या परेको छ । जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७