मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोड रुपैयाँ


२० श्रावण २०७९, शुक्रबार
muktinath bikas bank WPEyt1mHtQ

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७र७८ मा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकले २१।०८ प्रतिशतले ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार कमाएको छ भने सञ्चालन नाफा १९।५० प्रतिशतले वृद्धि गरेको छ । योसँगै बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको रिजर्भ कोषमा पनि ४४।३६ प्रतिशतले सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७