साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई


२१ श्रावण २०७९, शनिबार
indian bangalades football 20220806062225

काठमाडौँ । घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हिजो (शुक्रबार) को फाइनलमा बंगलादेशलाई ५-२ ले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे ।

हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक-एक गोल गरे । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले बराबरी खेलेका थिए ।

अनि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले लगातार ३ गोल थप्यो । यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ । लिग चरणमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७