प्रचण्ड पाँच दिने जापान भ्रमणमा, श्रेष्ठ कार्यवाहक अध्यक्ष


२१ श्रावण २०७९, शनिबार
Prachanda 2 1

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् ।

प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् । अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुँदेैछ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका छ ।

त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी बन्ने छन् ।

जापानमा रहँदा जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड २५ साउनमा स्वदेश फर्किने छन् । जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७