पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला : बालिकासहित १० मारिए, ४० घाइते


२१ श्रावण २०७९, शनिबार
att

काठमाडौँ । इजरायलले शुक्रबार गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् ।

आक्रमणमा थप १० जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिका समेत रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैंकका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो ।

आक्रमणमा मारिएका तैसिर जबरी अल-अतापछि कमाण्डर बनेका थियो । आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा गाजाबाट इजरायलतर्फ २ घण्टामा ७० रकेट प्रहार गरेको बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७