सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदीखोलामा बाढीको जोखिम


२१ श्रावण २०७९, शनिबार
badhi
फाइल फोटो

काठमाडौँ । देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ । बर्षाका कारण देशका विभिन्न नदी-खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले आवश्यक होशियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

b

सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठानलगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

b1

सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोशी, गोगर जगत र सोलुखुम्बु भएर बग्ने सोलु खोलालगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै भिरालो जमिन आसपास बस्ने नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।

b3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७