सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बढ्यो बाढीको वहाव

मेलम्ची तटीय क्षेत्र जोखिममा


२१ श्रावण २०७९, शनिबार
Melamchi badhi
फाइल फोटो

काठमाडौं । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

भारी बर्षाका कारण मेलम्ची नदीको जलसतह बढ्दो रहेको विभागले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार हेलम्बु गाउँपालिका-१ हुँदै आउने खोलाको बहाव बढेको हो । तामाङले सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

मेयर तामाङका अनुसार मेलम्ची नगरपालिकाका वडा नं ६, ७, ११ र १२ उच्च जोखिममा छन् । मेलम्चीबाट दुबाचौर, शिखरपुर जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको तामाङले बताएका छन् । उनले पुल संरक्षण गर्न आफूहरु केही दिनदेखि लागिरहेको बताए । यता कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७