मनसुनमा रमाइरहेको काठमाडौं (फोटो फिचर)


२१ श्रावण २०७९, शनिबार
rain 3 1

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

rain

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाहीँ प्रकृति नै निणर्यक बन्छ । मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ ।

rain 1
टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।

काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन् । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।

rain 2
छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।

अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।

rain 3
ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ ।

rain 4
ललितपुरको दलचोकी जंगलमा ढाकिएको वादल ।

बाढी, पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुशीयाली त कतै रुावबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ ।

rain 5
गोदावरी पार्कमा झरि परेपछि ।

यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् ।

rain 6
बग्दै गरेको नख्खु खोला ।

अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ । धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।

rain 7
झरिपछि बढेको वागमती ।
rain 8
सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।
rain 9
क्षितिजबाट बर्षेको मुसलधारे झरि ।
rain 10
धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।

तस्वीरहरु : न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७