प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना


२१ श्रावण २०७९, शनिबार
prakashman shingh प्रकाशमान सिहं
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् ।

आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको उनले बताए । नेता सिंहले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए । देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे ।

‘देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ । प्राध्यापक, विद्यार्थीहरूले ल्याएका नयाँ कुराहरूलाई हामीले राष्ट्रको हीत र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ’, उनले भने, ‘यस्ता विषयमा आवश्यक कानुन चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो । मलाई साथ दिए, मौका पाएँ भने तल्लो स्तरदेखि माथिल्लोस्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु ।’

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी गरे । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदा समेत काम गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७