प्रचण्डले बोली सच्याउँदै भने, ‘सिञ्जो आवेसँग विभिन्न माध्यमबाट कुराकानी हुन्थ्यो’


२१ श्रावण २०७९, शनिबार
prachanda1 6i7r4nKqbE

काठमाडौँ । जापानको पाँच दिने भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणमा बेला भएको भेटबारे दिएको अभिव्यक्ति सच्याएका छन् ।

जापानको फुकुवकामा भईरहेको नेपाल फेस्टिभल कार्यक्रममा सम्वोधन गर्दै उनले सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको र जापान आएका बेला प्रत्यक्ष भेटेर कुरा गर्नका लागि जापानी दूतावासमार्फत प्रयास गरेको भन्दै बोली सच्याएका छन् ।

अध्यक्ष प्रचण्डले भने-, मेरो जापानमा आइ छाड्ने निणर्य भएको थियो एक-दुई महिना अगाडि । त्यतिबेला जापानका प्रधानमन्त्री या पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न प्रकारले भएका सम्पर्कमा कुराकानी हुने गरेको थिए । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग फेरि एकचोटी प्रत्यक्ष भेटेर कुरा गर्ने जापानी राजदूतावासमार्फत पुर्‍याएको पनि थिएँ । तर दुर्भाग्य यही बीचमा उहाँको दुःखद अवसान भयो ।’

यसअघि उनले जापानको नारिता विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आबेको नेपाल भ्रमणका बेला दुई तीन पटक कुरा भएको बताएका थिए । तर आवे नेपाल भ्रमणमा नआएको तथ्य खुलेको थियो । नारिता विमानस्थलमा उनले भनेका थिए, ‘पूर्व प्रधानमन्त्री आबेलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ । जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्व प्रधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तीन पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टक्र्यासन राम्रो भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धको अर्को उचाईमा लाने भन्ने मेरो इच्छा थियो तर भएन ।’

जापानबाट तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सन् २००० मा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । त्यसपछि जापानका दुई परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका थिए । गत महिना जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको गाली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७