उपेन्द्रले जसपालाई संकीर्ण जातीय र क्षेत्रीयतावादमा पतन गराए : भट्टराई


२१ श्रावण २०७९, शनिबार
baburam
फाइल फोटो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएको आरोप लगाएका छन् ।

नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई ललितपुरको बालकुमारीमा सम्बोधन गर्दै जसपाको मूल नेतृत्वमा जातिगत र क्षेत्रगत संकीणर्ताबाट माथि उठ्न नसकेको र सुधार्ने प्रयास पनि असफल भएको बताए ।

उपेन्द्रलाई सुधार्न नसकिएकै कारण आफूहरुले नयाँ पार्टी गठन गर्नुपर्ने भट्टराईले बताएका छन् । डा. भट्टराईले भने, ‘रूपान्तरणको अन्तिम प्रयास गरेका थियौँ । तर पुरानै पार्टीहरूको बाटोमा हिँड्ने र उल्टै पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भयो । जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भयो, त्यसैले पुनर्गठन गर्न बाध्य बन्यौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७