बंगलादेशमा पेट्रोलिमय पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो


२१ श्रावण २०७९, शनिबार
petrol picturer1

काठमाडौँ । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ । बंगलादेश सरकारले आज (शनिबार) देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ टाका कायम भएको छ । सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइरहेको सहुलियतको बोझ कम गर्न मूल्यबृद्धि गर्नुपरेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७