प्रकृतिले नै अवसर दिएको छ, युवाहरू निराश हुनु पर्दैन : खेलकुदमन्त्री


२१ श्रावण २०७९, शनिबार
maheshwor nK4992cfbC

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन पनि आग्रह गरे ।

उनले भने, ‘अब संघ र प्रदेशको निर्वाचनको मिति तय भइसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरू हाम्रो बीचमा आउनेछन् । उनीहरूले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरू, गरिबिका समस्याहरू, अभाव र अनिकालका समस्याहरूलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ ।, यसलाई लिएर जान्छौँ ।’

उनले थपे, ‘विकसित देशहरू कसरी विकसित भन्दाखेरि जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ । हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ । हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो । पर्यटकीय हिसाबले हेर्‍यौँ भने । अर्कोतर्फ ठूला उद्योगधन्दा,कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन । त्यसैले युवाहरू निराश हुनुपर्दैन ।’


मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्ने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढ्ने आश्वासन समेत दिनु भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७