पार्टी प्रवक्ता महतप्रति केसीको कटाक्ष : पार्टीले निर्णय नगरेसम्म कोही उम्मेदवार हुँदैन


२१ श्रावण २०७९, शनिबार
jagddid

काठमाडौंँ । सत्तारुढ नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति एवं संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले पार्टीले आधिकारीक उम्मेदवार नबनाउँदै फेसबुकमा उच्छृङ्खल तरिकाले उम्मेदवारी घोषणा गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल तरुण दल शिवपुरी गाउँपालिका-१ को भेलालाई सम्बोधन गर्दै नेता केसीले यस्तो प्रवृत्ति देखेर आफूलाई लाज लागेको बताएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केहि दिन अघि आफ्नो निवास धापासीमा पत्रकारहरुसँग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ बाट उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए । महतको नाम नलिई नेता केसीले भने, ‘दुई-चार वटा अनलाइनमा समाचार लेख्न लगाएर उम्मेदवार हुने भएँ म भोलि ५० वटा जति अनलाइनमा समाचार लेख्न लगाऔं ? तर म त्यो उच्छृङ्खल मान्छे होइन । फेसबुकमा उच्छृङ्खल पाराले उम्मेदवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो । पार्टीले निणर्य नगरेसम्म कोही उम्मेदवार हुँदैन ।’

city
ncll 2

नुवाकोटको दुई वटा क्षेत्रमध्ये कुनै एकबाट आफू संघमा चुनाव लड्न चाहेको बताँउदै केसीले अरु भन्दा आफू कुनै हिसाबले कमजोर नभएको दावी गरे । संघको टिकटमा अरुलाई छाडेर प्रदेशमा चुनाव लड्न लागेको भनेर बजारमा गलत हल्ला चलाइएको भन्दै नेता केसीले प्रदेशमा चुनाव लड्ने विषयमा कुनै कुरा नभएको स्पष्ट पारे ।

jagdamba.cement
nepal liquors

पार्टी प्रवक्ता महतप्रति रोश प्रकट गदै नेता केसीले महत पटक पटक चुनावमा पराजीत भए पनि क्रेनले तानेर माथी लगिएको आरोप लगाए । उनले भने, ‘म पनि कोही भन्दा कमजोर उम्मेदवार होइन । मैं हुँ भन्नेलाई अरु केहि हैन भन्ने लागेको होला । कोही मानिसलाई क्रेनले तानेर कहाँ पुग्ला आफ्नो ठाउँमा छ, म जनताबाट अनुमोदीत भएर आएको नेता हुँ, जहिले पनि जनतामा पुगेको मानिस हो म, जनताको दुख सुखमा पुगको मानिस हुँ, गाँउगाँउ टोल टोल र व्यक्ति व्यक्तिसम्म पुगेको छु ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७