थप ६६० मा कोरोना संक्रमण, एक जनाको मृत्यु

संक्रिय संक्रमित ५,६४१, पछिल्लो २४ घण्टामा २० हजार ६६६ जनाले लगाए खोप


२१ श्रावण २०७९, शनिबार
korona 1

काठमाडौं । नेपालमा आज एकै दिन थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४,६८२ नमूना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १,९४२ र एन्टिजेनबाट २,७४० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३२६ र एन्टिजेनबाट ३३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज कोरोनाबाट थप एक जनाको ज्यान गएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ४४४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५,६४१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७