‘पाँचदलीय गठबन्धनको उद्देश्य ओलीलाई हराउने मात्रै’


२१ श्रावण २०७९, शनिबार
sundarmani

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आउँदो मंसिर ४ को संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुनु भएको बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनले गरे ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे ।
उनले भने, ‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरूले चुनाव फागुनमा गर्ने जस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्योल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरू भर लाग्दा छैनन् । खेलखाल, जालझेल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिद्ध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी-समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७