रवि लामिछानेलाई इंगित गर्दै ओलीले भने, ‘देश बिगार्ने ‘भँडुवाहरु’ बाट सतर्क हुनुपर्छ’


२१ श्रावण २०७९, शनिबार
KP Sharma Oli 2

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई ‘देश बिगार्ने भडुँवा’ को संज्ञा दिएका छन् ।

आज (शनिबार) पार्टीको प्रदेश कमिटी १ ले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्वका सबै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाँहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको आरोप लगाए । उनले पार्टी विना नीति, नेतृत्व, राष्ट्रिय विचार र विकास नहुने भन्दै स्वतन्त्रहरुले देश चलाउन नसक्ने दावी समेत गरे ।

‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यक्ता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ?’

ओलीले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई इंगित गर्दै थपे, ‘अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७