मेसीको दुई गोलमा पीएसजी विजयी


२२ श्रावण २०७९, आईतवार
messi

पेरिस । लियोनल मेसीको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोल अन्तरले पराजित गरेको छ । योसँगै पीएसजीले लिग उपाधि रक्षाको अभियान समेत शुरु गरेको छ ।

पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड किक’ को मद्दतले भएको थियो ।

यसैगरी जर्मनी मार्को रेउसले गरेको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमुन्डले शनिबार जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई १-० ले हराएको छ । रेउसले नवौं मिनेटमा गोल नै खेलमा निणर्ायक सावित भयो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७