एभरटनमाथि चेल्सीको संघर्षपूर्ण जित


२२ श्रावण २०७९, आईतवार
avar


बेलायत । प्रि-सिजनमा खराब प्रदर्शन गरेको चेल्सीले इङलिस प्रिमियर लिगमा शनिबार एभरटनमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफको इन्ज्युरी समयमा जोर्जिन्होले पेनाल्टीबाट गरेको गोल नै निर्णायक रह्यो ।

नयाँ सिजनको तयारीका लागि अमेरिका गएको चेल्सीले त्यहाँ खराब प्रदर्शन गरेको थियो । यसक्रममा व्यवस्थापक थोमस टुचेलले टिम लिगका लागि तयार हुन नसकेको भन्दै चेतावनी समेत दिएका थिए ।

तर गुडसन पार्कमा भएको जितले चेल्सीलाई ठूलो राहत भएको छ । योसँगै चेल्सी लिगमा विजयी शुरुवात लिन सफल रह्यो । एभरटनको घरमा चेल्सी विजयी रहेको यो पाँच वर्षयताकै पहिलोपल्ट हो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७