सामान किन्न बजार हिंडेका युवक मृत भेटिए


२२ श्रावण २०७९, आईतवार
death

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका उनी शनिबार घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्न भनेर स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (बैतडी) ले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७