बाढी र पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध, बस्ती र विद्यालय जोखिममा


२२ श्रावण २०७९, आईतवार
melamchi badhi 1

सिन्धुपाल्चोक । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।
निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।

badhi 1

वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो । अविरल वर्षाले मेलम्ची हेलम्बु क्षेत्रको बस्ती, विद्यालय जोखिममा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७