गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना, चालकको गयो ज्यान


२२ श्रावण २०७९, आईतवार
accident 24

गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आइतबार बिहान रेसुंगा नगरपालिका- १० को सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक रन बहादुर ढेँगाको ज्यान गएको सशस्त्र प्रहरी नायब उपरिक्षक निबन कुमार खड्काले जानकारी दिएका छन् ।

चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गुल्मीबाट बुटवल जान हिंडेको ट्रक सिमिचौरमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरी वल गुल्मी ३७ नम्बरको सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट शव निकालेका छन् । अहिले मृतक ढेँगाको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७